दफा
नियमहरु बनाउने अधिकार

ः (१) यो ऐनको उद्देश्यहरु कार्यान्वित गर्न नेपाल सरकारले नियमहरु
बनाउन सक्नेछ ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी ती
नियमहरुमा विशेष गरेर निम्नलिखित कुराहरुको व्यवस्था गर्न सकिनेछः–
(क) यो ऐन अन्तर्गत बीमा गराउन सकिने हुलाक वस्तुहरुको किसिम,
(ख) बीमा गराउन सकिनेहुलाक वस्तुहरुको मूल्यको हद अंक,
(ग) बीमा दस्तूर भुक्तानी गर्ने तरीका, र
(घ) बीमा गरिने हुलाक वस्तु खामिने खामको ढाँचा प्रकार, आकार, तौल,
त्यसमा हुलाक टिकट लगाउने तरीका, सिलछाप लगाउने तरीका, प्रेषकको
नाम, ठेगाना र ठेगानावालाको नाम, ठेगाना लेख्ने तरीका ।
(३) हुलाक अड्डामा हुलाक वस्तुहरु बीमा गराउने, बीमा गराइसकेपछि बुझाउने स्थान,
समय र तरीका हुलाक डाइरेक्टरले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी
तोकिदिए बमोजिम हुनेछ ।